१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै



काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ ।

नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो । नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो ।

दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ४४ बजे

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि