११ भदौ २०८३, बिहिबार | August 27, 2026

दिल्लीमा प्रचण्डले भने – १९५० को सन्धी पुनरावलोकन हुनुपर्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल –भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

भारत भ्रमणको क्रममा रहेका प्रचण्डले दिल्लीमा शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रचण्डले १९५० को सन्धी लगायत दुई मुलुकबीच देखिएका समस्यालाई कुटनीतिक संवादमार्फत समाधान गरिनुपर्ने धारणा राखे । तर प्रचण्डले १९५० को सन्धीको पुनरावलोकन गर्न ढिलाई गर्ननहुने अडान पुनः दोहोर्याए । उनले नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)ले तयार पारेको प्रतिवेदनलाई ग्रहण गरेर दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउनुपर्ने धारणा राखे । प्रचण्डले भने, ‘असल छिमेकीको भावनाबाटै हामीले समस्या समाधान गर्न सक्छौं ।’

अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन भारतसँग आग्रह समेत गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन भारतीय उद्योगीव्यवसायीहरुलाई आग्रह समेत गरे ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार दिल्ली गएका छन् । प्रचण्डसँग आजै भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन् ।

भोलि अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : १४ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक