४ बैशाख २०८१, मंगलबार | April 16, 2024

दिल्लीमा प्रचण्डले भने – १९५० को सन्धी पुनरावलोकन हुनुपर्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल –भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

भारत भ्रमणको क्रममा रहेका प्रचण्डले दिल्लीमा शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रचण्डले १९५० को सन्धी लगायत दुई मुलुकबीच देखिएका समस्यालाई कुटनीतिक संवादमार्फत समाधान गरिनुपर्ने धारणा राखे । तर प्रचण्डले १९५० को सन्धीको पुनरावलोकन गर्न ढिलाई गर्ननहुने अडान पुनः दोहोर्याए । उनले नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)ले तयार पारेको प्रतिवेदनलाई ग्रहण गरेर दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउनुपर्ने धारणा राखे । प्रचण्डले भने, ‘असल छिमेकीको भावनाबाटै हामीले समस्या समाधान गर्न सक्छौं ।’

अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन भारतसँग आग्रह समेत गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन भारतीय उद्योगीव्यवसायीहरुलाई आग्रह समेत गरे ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार दिल्ली गएका छन् । प्रचण्डसँग आजै भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन् ।

भोलि अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : १४ बजे

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका