२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुडान हिंसामा कम्तीमा ३३ जनाको मृत्यु



खार्तुम । सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो । हिंसापछि १६ पसलमा आगजनी गरिएको छ ।

‘हामीलाई स्थिति नियन्त्रण गर्न थप सेना चाहिन्छ’, अल-रोसेरेस शहरका स्थानीय अधिकारी एडेल अगरले भने । उनका अनुसार झडपपछि धेरै मानिसहरू प्रहरी चौकीमा शरण लिन खोजिरहेका थिए ।

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको उनले बताए । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ ।

ब्लु नाइलका गभर्नर अहमद अल-ओम्दाले एक महिनाको लागि कुनै पनि जमघटमा निषेध गरिएको बताए ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ०३ बजे

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०