२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपालको लज्जास्पद ब्याटिङ, ६३ रनले नामिबियासँग पराजित



काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले फेरि एक पटक लजास्पद ब्याटिङ प्रदर्शन गरेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा २ सय रनको मध्यम लक्ष्य पछ्याउँदा पनि ६३ रनको फराकिलो हार बेहोर्न बाध्य भयो ।

केही खराब सट र अम्पाएरको गलत निर्णयको सिकार बनेको नेपाली टिम ३७.५ ओभरमा १३६ रनमा अलआउट भयो । निकै खराब ब्याटिङ गरेको नेपालले पछिल्ला ५ विकेट केवल १८ रन बनाउँदा गुमाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ओपनर आसिफ सेखले ३५ रन बनाए । यस्तै मोहम्मद अदिल आलमले २०, रोहितकुमार पौडेलले १७ रन बनाउँदा पवन सर्राफ ११ रनमा नटआउट रहे । नेपालका कुशल भुर्तेल, सन्दीप लामिछाने र बासिल अहमदले खाता खोल्न पनि सकेनन् ।

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा स्पिनर बर्नाड सोल्ट्चले घातक बलिङ गरे । उनले उनले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए। यस्तै, ज्याक फ्राइलिंकले ३ तथा गेहार्ड इरामसले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ४९.२ ओभरमा अलआउट गुमाउँदै १९९ रन बनायो । पावरप्लेमा सोमपाल कामी र सन्दीपले ३ विकेट लिएपछि दबाबमा आएको नामिबियाका लागि कप्तान गेहार्ड इरामसले अर्धशतकीय इनिङ खेल्दै टिमलाई सम्हालेका थिए ।

इरामसले ७० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । यस्तै, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेविड विसाले ३४ रन बनाउँदा जेजे स्मिथ र डिवान ला ककले समान २७ रनको योगदान दिए ।

नोपलका लागि कप्तान सन्दीपले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा वासिर अहमदले पनि राष्ट्रिय टिममा विकेटको खाता खोले ।

अब नेपालले सिरिजको अन्तिम खेल आइतबार आयोजक स्कटल्यान्डको सामाना गर्ने छ ।

हारसँगै नेपाल अंक तालिकामा छैठौं स्थानमा

नामिबियासँगको लागतार दुई हारसँगै नेपाल विश्वकप लिग २ को अंक तालिकामा पुनः छैठौं स्थानमै झरेको छ । नेपालले १९ खेलमा ८ जित, १ बराबरीसहित १७ अंक जोडेको छ। यता, नेपालविरुद्ध जित निकाल्दै नामिबिया भने पाँचौं स्थानमा उक्लिएको छ । उसले १८ खेलमा १८ अंक नै जोडेको छ ।

अंक तालिकामा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ भने ३२ अंक जोडेको स्कटल्यान्ड दास्रो, २६ अंकसहित युएई तेस्रो र २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ