२५ मंसिर २०८०, सोमबार | December 11, 2023

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजबाट ओपीडी, ईमर्जेन्सी र बेड चार्ज नलाग्ने, लुम्बिनीमा रगत पनि निशुल्क



बुटवल । लुम्बिनी प्रदेशका दुईवटा सरकारी अस्पतालमा आजबाट निशुल्क ओपीडी, निशुल्क ईमर्जेन्सी र निशुल्क बेड सहितको सेवा संचालनमा आएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमा नागरिकको निशुल्क उपचार सेवा दिन बजेट बिनियोजन गरेसँगै प्रदेशका २ वटा अस्पतालमा निशुल्क सेवा प्रारम्भ भएको हो ।

प्रदेश सरकार मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा आजबाट ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।

प्रदेश सरकारको घोषणा अनुसारको निशुल्क सेवाको आज एक कार्यक्रमकाबीच प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताल पुगेर उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री केसीले नागरिकलाई सहज, शुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिने सरकारको लक्ष्य अनुरुप निशुल्क सेवा प्रारम्भ भएको बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेकोछ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आजैबाट भर्ना भएका बिरामीलाई आवश्यक रगत पनि निशुल्क उपलब्ध हुने डा. ढकालले जानकारी दिए । अस्पतालले यस अघि नै रक्त सञ्चार केन्द्रसँग निशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिसकेको उनले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : २२ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका