३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजबाट ओपीडी, ईमर्जेन्सी र बेड चार्ज नलाग्ने, लुम्बिनीमा रगत पनि निशुल्क



बुटवल । लुम्बिनी प्रदेशका दुईवटा सरकारी अस्पतालमा आजबाट निशुल्क ओपीडी, निशुल्क ईमर्जेन्सी र निशुल्क बेड सहितको सेवा संचालनमा आएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमा नागरिकको निशुल्क उपचार सेवा दिन बजेट बिनियोजन गरेसँगै प्रदेशका २ वटा अस्पतालमा निशुल्क सेवा प्रारम्भ भएको हो ।

प्रदेश सरकार मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा आजबाट ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।

प्रदेश सरकारको घोषणा अनुसारको निशुल्क सेवाको आज एक कार्यक्रमकाबीच प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताल पुगेर उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री केसीले नागरिकलाई सहज, शुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिने सरकारको लक्ष्य अनुरुप निशुल्क सेवा प्रारम्भ भएको बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेकोछ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आजैबाट भर्ना भएका बिरामीलाई आवश्यक रगत पनि निशुल्क उपलब्ध हुने डा. ढकालले जानकारी दिए । अस्पतालले यस अघि नै रक्त सञ्चार केन्द्रसँग निशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिसकेको उनले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : २२ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा