२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रेम गीत ३ – आधिकारिक प्रमोशनको काम सुरु



काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ ।

निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचार-प्रसारमा होमिएको प्रतिक्रिया दिए ।

हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको छ । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामाग्री राखेर प्रेम गीतमय बनाइने निर्माता तथा निर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ ।

नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो । अनिश्चित कालका लागि सरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुंदै छ । दशैंको समयमा प्रदर्शन हुन लागेको यो फिल्मले ५० बर्षे नेपाली फिल्मको इतिहासमा यसले अन्तर्राष्ट्रीय फिल्म बजारमा पहिलोपटक ढोका खोल्ने धेरैको अनुमान छ । नया प्रदर्शन मिति घोषणा भएसंगै दर्शकहरु निकै उत्साहित छन् ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।
यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन् । फिल्मको तेस्रो भाग भने अधिल्ला प्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ ।

स्व। छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ०६ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११