२१ भदौ २०८३, आइतबार | September 7, 2026

१० महिनामा २ खर्ब २३ अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त



काठमाडौं । गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

कुल बैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५।६ प्रतिशत, २०.९ प्रतिशत, १७.४ प्रतिशत र १२.३ प्रतिशत रहेको छ ।

बैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १.४ प्रतिशत प्राप्त भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ०० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त