काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यही कात्तिक ७ गते काठमाडौं उपत्यकामा ‘मेगा पोलियो साइकल ¥याली’ आयोजना हुने भएको छ ।
रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो ¥याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौं दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोजकका अनुसार उपत्यकाको सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उक्त ¥याली पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न केन्द्रित हुने छ । यसैगरी, साइकल ¥यालीमार्फत ‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको खोपको महत्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आमजनसमुदायमा पु¥याउने लक्ष्य लिइएको छ ।
एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायुप्रणालीलाई असर पु¥याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हु्ँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ । सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।


















प्रतिक्रिया