१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

१०८ छात्रछात्रालाई रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम



भैरहवा । ।राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो ।

रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागि भएको गरुड दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए । रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर माबि, तिलोत्तमाको मणिग्राम स्थित श्री शान्ति नमुना माबि तथा भैरहवाको बृहष्पति माबिका छात्रछात्रा तालिममा सहभागि रहेका छन् ।

तालिममा रहेका तिन वटै बिद्यालयका छात्रछात्रालाई उनिहरु अध्ययन रहेकै बिद्यालयमा सस्थायत तालिम दिईनेछ । तालिम अबधि १ सय दिनको हुने र त्यस्मा ७९ दिन सस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे । तालिममा छात्रछात्राहरुलाई एफसी,बिसी, म्याप रिडिंग, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईने गणपति श्रेष्ठले बताए ।

तालिम पुरा भए पछि आम नागरीकलाई सहयोग पुरयाउने उद्धेश्यलेनै राष्ट्रिय सेवा दल एनसिसि गठन भएको र अनुशासित नागरीक बनाउन मद्धत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने श्रेष्ठको भनाई छ । बृहष्पति बिद्यालयमा भएको तालिमको उदघाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले अहिले अनुशासनको कमि समाजमा देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्धत पुरयाउने र कुनै प्राकृतिक बिपत्ति पर्दा उद्धारका लागि सहयोग हुने खालको यो तालिममा लगाव राखी सिक्नु पर्ने बताए ।

तालिममा बृहष्पति माबिका बद्रि बिशाल गुप्ता, लगायतले मन्तब्य राख्दै यो तालिम अतिनै महत्वपुर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाकाृे बनाउन मद्धत पुग्ने बताउनु भयो । कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, रुपन्देही शशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बिभाग रुपन्देहीका प्रमुख यादब, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन उप सेनानी मेरीसा बिष्टले गर्नु गरेकी थिईन ।

राष्ट्रिय सेवा दलले २०७० साल सम्म ५ सय। ५ सय छात्रछात्रा गरी १ हजार जना तथा ०७१।७२ मा ६ सय जना , २०७२/७३ मा २००० जना, ७३/७४ मा ४ हजार जना, ७६/७७ मा ७ हजार ७ सय जना र ०७८/७९मा ७ हजार ७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरीसकेको गरुणदल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : १५ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल