२९ माघ २०८२, बिहिबार | February 12, 2026

बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए ।

‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उनले भने–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ ।’

गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताए ।

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२ का बासिन्दाहरुबीच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्थानीयले राखेका जिज्ञासाको जवाफ दिदै नगरप्रमुख पाण्डेयले छिटै नै बुटवल उपमहानगरपालिकाले जग्गाको लगत संकलन गरेर भूमि आयोगलाई बुझाउने र सोही आधारमा लालपूर्जा वितरण हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले लगत संकलनका क्रममा सहयोग गर्न स्थानीयलाई अनुरोध गरेका थिए ।

राजनीतिक दलका स्थानीय प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरु र स्थानीयले नगरपालिकाले गरेको लगत संकलनका आधारमा भूमिहीनलाई लालपूर्जा दिनुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४१ बजे

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय

एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड