२२ भदौ २०८३, सोमबार | September 8, 2026

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द



बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो निर्णय लिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा निजी विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।

उपमहानगरपालिकाका अनुसार उक्त बिदा विद्यालयको वार्षिक विदाबाट कट्टी हुने गरी दिइएको हो । चिसोको अवस्था अझै केही दिन रहन सक्ने अनुमान गरिएकाले आवश्यक परे थप निर्णय गरिने संकेतसमेत गरिएको छ ।

यसैबीच, उपमहानगरपालिकाले चिसो मौसमका बेला विद्यार्थीहरूलाई न्यानो कपडा लगाउने, बिहान र बेलुकाको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कने तथा स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल उपचार गराउनेजस्ता सावधानी अपनाउन अभिभावक तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।

चिसो बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार