२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौंमा आजबाट कोरोनाविरुद्ध बुस्टर डोज लगाइदै



काठमाडौं । कोभिड-१९ विरुद्ध आजबाट काठमाडौंमा बुस्टर डोज दिइने भएको छ ।

आजदेखि १८ वर्षभन्दा माथिका दुई डोज लगाइसकेका व्यक्तिलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ । बिहान १० देखि साँझ ५ बजेसम्म बुस्टर डोज लिन सकिनेछ ।

पहिलो र दोस्रो डोज लगाएका व्यक्तिले खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

बुस्टर डोज लगाउनका लागि दोस्रो डोज लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई बुस्टर डोज नलगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार