४ पुस २०८२, शुक्रबार | December 20, 2025

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित



कोलम्बो । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए ।

२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।

विक्रमासिंघेलाई प्रदर्शनकारीहरूले खासै मन पराउँदैनन् । उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेर्छन् । प्रदर्शनकारीले प्रधानमन्त्री पदबाट राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कार्यवाहक राष्ट्रपति बनेपछि उनले देशमा संकटकाल घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको