१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

श्रीलंकामा खर्च कटौती गर्ने तयारी



कोलम्बो ।  श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन् । पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक बस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकाशिएको छ ।

जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन् । रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए ।

श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ५५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर