२८ माघ २०८२, बुधबार | February 11, 2026

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव



झापा । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८÷७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पैठारीकर्ताले पोटेटो क्र्याकर पैठारी गरेकामा भन्सारमा घटी भएको महसुल र सोको मूल्य अभिवृद्धि करसमेत रु ५२ लाख २४ हजार कार्यालयले असुल गर्र्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । भन्सारले नपकाएको पास्तामा ४० प्रतिशत भन्सार महसुल प्रतिकिलो रु १७ का दरले हुने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा न्यून भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेको खुल्न आएको छ ।

पूर्वी नाका भएर पैठारीकर्ताले फलाम वा स्पातका पाइपजस्ता मालवस्तुमा कुनै पनि सुविधा उपलब्ध नगराई महसुल असुल गरिनुपर्नेमा प्रज्ञानपत्रबाट जाँचपास गर्दा राजस्वमा छली भएको रु ३१ लाख ५९ हजार दाखिला गर्नुपर्ने देखिएको छ । क्लोजिङ, बोटलिङ र ¥यापिङ मेसिनको समेत वर्गीकरण गरी पाँच प्रतिशत भन्सार महसुल असुल गर्नुपर्नेमा फरक भन्सारबाट जाँचपास गर्दा छुट भएको भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसमेत रु २१ लाख ८६ हजार राजस्व भन्सारमा दाखिला गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले कतिपय पैठारीकर्ताले स्वीकृति नलिइदिने, कतिपयले एउटा शीर्षकबाट लैजानुपर्नेमा अर्कै शीर्षकबाट लगिदिने कारणले महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको बताए । रासस

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : ०५ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी