१० पुस २०८२, बिहिबार | December 26, 2025

एसपीपीमा सहभागी नहुने पत्रबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सरकारलाइृ निर्देशन दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरु एसपीपीको अवस्थाबारे प्रश्न उठाएकाले सरकार स्वयंले गरेको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन निर्देशन दिएका हुन् ।

आजको बैठकमा सत्तापक्षका सांसदहरुल एसपीपीलाई नाम फेरेर कार्यान्वयन गर्ने तयारी भएको भन्दै आपत्ति जनाएका थिए ।

सापकोटाले सांसदहरुले उठाएको प्रश्नमा आफ्ना ध्यानाकर्षण भएको भन्दै सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् । सापकोटाले भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु । ’

व्यापक जनविरोध र सत्तापक्ष एवं प्रतिपक्षी सांसदहरुको तिब्र आपत्तिपछि सरकारले अमेरिकी सैन्य कार्यक्रम एसपीपीमा सहभागी नहुने पत्राचार गर्ने निर्णय गरेको थियो । तर लामो समय वित्दा पनि परराष्ट्र मन्त्रालयले अहिलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ६ : ५३ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र