११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन



काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न निर्देशन दिए ।

महानिरीक्षक कार्कीले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताए ।

उनले अनुसन्धानमा व्यावसायिक दक्षता, लगनशीलता र निष्ठाले नेपाल प्रहरी सङ्गठनको गरिमा अझ उँचो बनाएको उल्लेख गरे । उनले भने, “आफ्नो व्यावसायिक ज्ञान, सीप र अनुभवको उच्चतम प्रयोग गर्दै अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी सङ्गठनको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु । आगामी दिनमा समेत अझ बढी जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ भई राष्ट्र र जनताको सेवामा समर्पित रहनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

प्रहरी महानिरीक्षक कार्कीले भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउन अनुसन्धान कार्यलाई प्रमाणमुखी, तथ्यपरक र निष्पक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले अनुसन्धानमा संलग्न कर्मचारीहरूले कानूनी प्रक्रिया, मानवअधिकारको सम्मान र पेशागत आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान तथा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कर्मचारीहरूले विभिन्न जटिल तथा संवेदनशील मुद्दाहरूको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरीले पछिल्लो समय अनुसन्धान क्षमताको सुदृढीकरण, तालिम तथा स्रोतसाधनको व्यवस्थापनमार्फत सङ्गठनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : २४ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र