२२ बैशाख २०८१, शनिबार | May 5, 2024

साफ यु-२०: माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल



काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमामा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले बिगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।

“नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन्,” प्रशिक्षक केसीले भने “अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं । ”

त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए ।

यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागिपनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।

यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोसे खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

यु-२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०८ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै