७ कार्तिक २०८३, शनिबार | October 24, 2026

मधेश प्रदेशको राजधानी जनकपुरबाट दिनदहाडै एक महिलाको दुई लाख रुपैयाँ लुटियो



काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ । सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको प्रहरीले जनाएको हो ।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर उनी घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै लुटिएकी हुन् । उनको झोलामा दुई लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको लुटिएकी महिला शर्मिलाले बताएकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : २५ बजे

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका