२८ माघ २०८२, बुधबार | February 11, 2026

एनआरएन एसिया क्षेत्रीय सम्मेलन : ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

संघको तर्फबाट शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसियया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ । होटल सहभागी आफैले खोज्नुपर्छ ।

मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघका क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने बताइएको छ । ‘नेपाली माटोसँग कसरी जोड्ने भन्ने योजना छ ।’ पोखरेलले भने, सम्मेलनले दोस्रो पुस्ता नेपालमा जोड्न सघाउ पुग्ने छ’ उनले भने ।

नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए । अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सभाबाट पनि पारित गराउन लबिङ गर्दै आएको बताए ।

आचार्यले संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको एशिया क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताए ।

संघकी अध्यक्ष रविना थापाले क्षेत्रीय सम्मेलनको सफलताको शुभकामना दिदै सम्मेलनको लागि आवश्य सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाइन् ।

एसिया सम्मेलनमा श्रम मन्त्री शेर बहादुर कँुवर, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु, पूर्व अध्यक्ष, नेपाल सरकारका उच्चअधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुने छ ।

पत्रकार सम्मेलनको संचालन प्रदिप न्यौपानेले गरेका थिए भने एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, अर्का क्षेत्रीय संयोजक डिपी कंडेलले सम्मेलनको तयारीको बारेमा आआफ्ना भनाईहरु राखेका थिए ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. हेम राज शर्मा, यासमिन बेगम, युवा उपाध्यक्ष रोसन थापा, उपमहासचिव डा.देवी बस्नेत, क्षेत्रीय उपसंयोजकहरु लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी