१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सैनामैना कोरा २०२२ तयारी पुरा, विश्व साईकलयात्री पुस्कर शाह सहभागी हुदै



बुटवल । साउन ११ गते बुधबार हुने सैनामैना कोरा २०२२ को तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गरि आयोजक साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए ।

स्वस्थ्य पर्यटन प्रवद्घनका लागि साईकल भन्ने नारासहित धार्मिक स्थलहरुको पहिचान र प्रचारप्रसारका साथै साईकिलेहरुबिच एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको कोरा मनाइदै आएको उनले बताए । यो वर्षको कोरा साईक्लिङसंगै स्वर्गीय यमलाल रसाइलीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने उनले बताए ।

दोस्रो संस्करणमा आईपुग्दा धेरै सिकाई भएको उनले बताए । ‘कार्यक्रमको दर्ता शुल्कवापतको रकम स्वर्गिय रसाइलीको परिवारलाई हस्तान्तरण गर्ने छौ ।’– उनले भने । करीब ४ लाख ५० हजार खर्च हुने अनुमान रहेको कोराको मुख्य प्रायोजक सैनामैना नगरपालिका रहेको छ । उसैगरि नगरपालिकाभित्र रहेका अन्य सामाजिक संघसंस्थाहरुको सहयोग रहेको उनले बताए । सैनामैनाका पवित्र धार्मिक स्थल, रिङरोड, निर्माणधिन रंगशाला लगायतका स्थलहरु लगायत गरि ५४ किलोमिटर भन्दा बढी दुरी परिक्रममा गरिने उनले बताए ।

कार्यक्रममा विश्व साईकलयात्री पुष्कर शाहले साईकल मनोरन्जनसंग पर्यावरण बचाउने एउटा महत्वपुर्ण अभियान भएको बताए । सामान्य अर्थमा कोरा भनेको घुम्ने जनाउने भन्दै उनले साईकलबाट प्राकृतिक, धार्मिक सम्पदा पहिचान र प्रवद्घन गर्ने रुपमा लिनुपर्ने उनले बताए । ‘यसबाट आन्तरिक पर्यटन प्रवद्र्घन हुन्छ ।’– उनले भने । पछिल्लोसमय ३ वर्षअघि ३ हजार बढि सहभागी ठूलो साईकलेहरु सहभागी भएको कोरा गरिएको उनले बताए । विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए ।

यो वर्ष कोरामा रुपन्देहीसहित नवलपरासी, कपिलबस्तु जिल्ला साईक्लिङ संघ र क्लबहरुको एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीले बताए । मुर्गिया स्थित लुम्बिनी गेटबाट समुद्घाटन गरिने उनले बताए । कार्यक्रममा ६ वर्षदेखि ८४ वर्षसम्मका साईकिलेहरु सहभागी हुने उनले बताए ।

कार्यक्रमका स्वस्थ्य संयोजक निकोलस भुषालले स्वस्थ्यका हिसाबबाट पनि साईकल चलाउने उपयोगी हुने बताए । मुटु, मासपेशी, भन्दै दैनिकी परिवर्तन गर्न जरुरी रहेको बताए। स्वस्थ्य र साईकल सिटि सैनामैना बनाउन पनि उपयोगी हुने बताए । हुनेखाने र पहुचवालालाई लक्षित सवारीका पुर्वाधार बनेको भएपनि सबैभन्दा धेरै सवारीका रुपमा दैनिक जिवनमा प्रयोग हुने साईकललाई लक्षित गरि लेन नबन्नु दुखद भएको बताए ।

सैनामैनाको रानीकुवा, परोर्हा बोलबम धाम, क्रिकेट रंगशाला, सिमसार क्षेत्र, मलमला, भैरव मन्दिर, लामिरह हुँदै बाबरी पार्टी पेलेसमा समापन गरिने उनले बताए । समापनको क्रममा थारु, नेवा संस्कृतिका नाचहरु समेत देखाईने उनले बताए । कार्यक्रममा सचिव विष्णु गौतम, कुशल पौडेलले सबैको साथ र सहयोगमा कार्यक्रम सफल हुने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०८ बजे

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले