१५ असार २०८३, सोमबार | June 29, 2026

साफ यू २० : नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४-० ले पराजित



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४-० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।

माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गर्याे ।

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

खेलको ४२औं मिनेटमा दीपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रीकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे । सोहि रिबाउन्ड बललाई दीपेशले करिव २५ यार्डबाट गोलमा परिणत गरे ।

दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हावी भयो । ५८ औं मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ढम्याउन सकेनन् ।

६१ औं मिनेटमा नेपालले तेस्रो गोल गर्याे । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३-० को अग्रता बनायो ।

खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४-० को जित दिलाए । अधिकांस समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केहि राम्रा अवसर गुमाएको थियो ।

आयुष, सुगम र दिपेशले पाएका केहि अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केहि राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए ।

यस अघि यू १८ र यू १९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्नेछ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ ।

लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : १५ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि