५ असार २०८३, शुक्रबार | June 19, 2026

भार मिलानका लागि प्रयोग भएन पार्किङ, ओभरलोडलाई छुट दिँदा मारमा नेपाली ट्रक व्यवसायी



भैरहवा । ओभरलोडलाई छुट दिँदा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् । रुपन्देही जिल्लाका तत्कालिन प्रजिअ आस्मान तामाङको संयोजकत्वामा यातायात व्यवसायीसँग गत भदौ १८ गतेको निर्णय कार्यानवयन हुनुपर्ने ट्रक यातायात व्यवसायीले माग गरे ।

नेपाली ट्रकहरु थन्केको थन्कै भएको र भारतीय ट्रक निर्वाध नेपालभर चलेको दुखेसो उनीहरूको छ । सरकारले ७ वर्ष पछि असार २९ गते समायोजन सहित लागु गरेको भाडा दर कार्यान्वयन हुनुपर्ने, ओभरलोड गाडीलाई भार मिलान गरी चलाउनु पर्ने, ढुवानी प्रणलीलाई व्यवस्थित गर्नुपर्ने, भारतिय गाडीलाई नेपालले प्रोत्साहन नगर्न समेत आग्रह गरेका छन ।

२०७८ भदौ १८ गते भएको मालवाहक सवारी साधानको भारवहन नियमन सम्बन्धि बैठकमा मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ बमोजिम भन्सार विन्दुमा भन्सार जाँचपास भै निस्कने मालवाहक सवारी साधनहरु निर्देशिकामा उल्लेख भए बमोजिम संचालन गर्ने, भारवाहन क्षमता भन्दा बढी क्षमतामा ढुवानी गरेका सवारी साधानहरुको उद्गम स्थलमै तौल पुलमा भारवाहन क्षमता तौल गरी बढी पाइएमा पल्टी गरी ढुवानीको प्रबन्ध मिलाउने, र भन्सार विन्दुबाट जाँचपास भै निस्केका सवारी साधनको नजिकको तौल पुलमा तौल गरी बढी भारवाहन गरी ढुवानी गरेको पाइएमा सम्बन्धित ढुवानी कर्ताले सामानको पल्टी गरी नेपाली ढुवानीका साधनमा ढवानीको प्रबन्ध मिलाउने भन्ने निर्णय भएपनि कार्यान्वयन नभएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले बताए ।

निर्णय कार्यान्यनका लागि हामी लुम्बिनी ट्रक व्यवसायी संघ सँगको सहकार्यमा साउन १ गते देखि बेलहिया बाइपासमा पार्किङ बनाएपनि प्रहरी र प्रशासनले कार्यान्वयन गराउनुको साटो ओभरलोडलाई निरन्तरता दिएको समितिका महासिचव हरि प्रसाद कण्डेलले बताए । भरतिय एउटा गाडीले ३ वटा गाडीको भार बोक्दा समेत प्रहरीले जरिवाना काटेर छोड्ने गरेको छ, आभेरलोडले हाम्रो सडक, पुल र पूर्वाधारहरु ध्वस्त बनाउनुका साथै नेपाली ट्रक व्यवसायीको लगानी डुब्ने अवस्थामा हुदा पनि राज्यबाट सहयोग नभएको लुम्बिनी ट्रक व्यवसायी संघका महासचिव रुमाखर गौतमले बताए ।

भैरहवामा लुम्बिनी ट्रक व्यवसायी संंघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी साउन १ गतेबाट लागु गरेको पार्किङमा भार मिलान गरी मालवाहक गाडी नपठाए आन्दोलन गर्ने चेतावानी दिए । उनले १५ गतेको वैठक बसी साउन महिना सम्मका लागि समयसिमा दिने र त्यसपछि पनि कार्यन्वयन नभएको पाइए ट्रक होल्ड गरी चाभी बुझाउने सम्मको कार्यक्रम तय हुने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ०३ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र