२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोहलपुरमा २२ र २० वर्षीय दम्पत्ती मृत अवस्थामा फेला



नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान मृत अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उनकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

रगताम्य भएको घटनास्थलमा चुँडिएको डोरी फेला परेको प्रहरीले जनाएको छ । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन मल्लले बताए । मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको छ । ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर घटनास्थल रगताम्य भएको डीएसपी मल्लले बताए ।

श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । शरिरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको गम्भीर अनुसन्धान शुरु गरिएको मल्लले बताए । स्थानीयले चोरहरुले हत्या गरेर धनमाल चोरेको बताएपनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ०७ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई