१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

भारतबाट कन्ट्रयाक किलर झिकाएर भाई-बुहारीको हत्या



नेपालगन्ज । बाँकेको कोहलपुर १४ पार्वतीपुरमा आज विहान मृत भेटिएका दम्पतीको सहोदर दाई भाउजुको योजनामा हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको मृतक कृष्णका दाई–भाउजुले मान्छे लगाएर हत्या गरेको खुलेको हो ।

कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले आज अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र उनीहरुले नै मध्यराती दाई बिजयको उपस्थितीमा हत्या गरेको प्रहरीले दाबी गरेको छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको र हत्याको समयमा बिजय स्वयँ उपस्थित रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । कृष्ण दप्पत्तीको शव फेला पर्दा मृतकका दाजु र भाउजु सोही घरको छतमा सुतेको बताईएको थियो ।

आज बिहान कृष्णको दायाँ नाडीको नशा काटिएको र अञ्जलीको घाँटीमा डोरीले बेरेर मृत्यु भएको अवस्थामा शब फेला परेको थियो । भाई बुहारी अन्जलीले बाबुसँग मिलेर आफुलाई हेला गर्ने गरेकाले हत्याको योजना बनाएको बिजयले प्रहरी समक्ष बयान दिएको डीएसपी न्यौपानेले बताए । घटना लगत्तै प्रहरीले मृतकका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : २९ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार