१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतबाट कन्ट्रयाक किलर झिकाएर भाई-बुहारीको हत्या



नेपालगन्ज । बाँकेको कोहलपुर १४ पार्वतीपुरमा आज विहान मृत भेटिएका दम्पतीको सहोदर दाई भाउजुको योजनामा हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको मृतक कृष्णका दाई–भाउजुले मान्छे लगाएर हत्या गरेको खुलेको हो ।

कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले आज अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र उनीहरुले नै मध्यराती दाई बिजयको उपस्थितीमा हत्या गरेको प्रहरीले दाबी गरेको छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको र हत्याको समयमा बिजय स्वयँ उपस्थित रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । कृष्ण दप्पत्तीको शव फेला पर्दा मृतकका दाजु र भाउजु सोही घरको छतमा सुतेको बताईएको थियो ।

आज बिहान कृष्णको दायाँ नाडीको नशा काटिएको र अञ्जलीको घाँटीमा डोरीले बेरेर मृत्यु भएको अवस्थामा शब फेला परेको थियो । भाई बुहारी अन्जलीले बाबुसँग मिलेर आफुलाई हेला गर्ने गरेकाले हत्याको योजना बनाएको बिजयले प्रहरी समक्ष बयान दिएको डीएसपी न्यौपानेले बताए । घटना लगत्तै प्रहरीले मृतकका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : २९ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार