२८ माघ २०८२, बुधबार | February 11, 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ



नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए ।

विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए। मार्चको नेतृत्व गरेका कंग्रेस नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि सोही मुद्दामा राहुल गान्धी विभिन्न चरणमा इडीमा उपस्थित भएका थिए । एजेन्सी

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ५५ बजे

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौं । चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल