१९ बैशाख २०८१, बुधबार | May 1, 2024

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ



नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए ।

विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए। मार्चको नेतृत्व गरेका कंग्रेस नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि सोही मुद्दामा राहुल गान्धी विभिन्न चरणमा इडीमा उपस्थित भएका थिए । एजेन्सी

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ५५ बजे

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा