२८ माघ २०८२, बुधबार | February 11, 2026

बुटवलले घटायो करका दर, के के मा घट्यो कर ?



बुटवल । बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९/८० कालागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाइएको छ । यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन् ।

सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले १ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयाँ तिरे पुग्नेछ ।

सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार १ सय रुपैयाँ देखि ४९ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ । ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय रुपैयाँ र ५ करोडदेखि माथि भएमा प्रति हजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्ने छ ।

यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरण बापत् ५ सयका दरले १ हजार रुपैयाँ तिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको मंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ ।

यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत् १३० रुपैयाँ तिर्दै आएकोमा मंसिर देखि १ सय १५ रुपैयाँ र १ सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्ने उनले बताए ।
यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ ।

त्यसैगरि सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् ।
ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुलीगर्दा सम्पत्ति मूल्यांकनमा७५ प्रतिशत छुट गरिने भएको छ ।

यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिश दस्तुर निशुल्क गरेको ज्ञवालीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनले राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ४६ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी