१७ माघ २०८२, शनिबार | January 31, 2026

कंगोमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित, सेनाले भन्यो– विशेष सुरक्षा सतर्कता अवलम्बन गर



काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो । ‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सेनाले जनाएको छ ।

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले