२१ भदौ २०८३, आइतबार | September 6, 2026

कंगोमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित, सेनाले भन्यो– विशेष सुरक्षा सतर्कता अवलम्बन गर



काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो । ‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सेनाले जनाएको छ ।

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका