२७ भदौ २०८३, शनिबार | September 12, 2026

नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौंमा दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ०० बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी