११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अजय कार्किको ‘हामी देश बचाऔ’ बिमोचन



बुटवल । अजय कार्किको ‘हामी देश बचाऔ’ नामक म्युजिक भिडियो बुधबार बिमोचन गरिएको छ ।

बागेश्वरी संगितालयका संचालक तथा संगितसर्जक सुरेश सेन्चुरीले बिमोचन गर्दै देशका धेरै नाम चलेका गायकहरु उत्पादन गरेर गितसंगितबाट यो क्षेत्रको पहिचान दिलाउन सफल भएको दाबी गरे ।

कार्की एक क्षमतावान गायक र लेखकका रुपमा परिचित भएको भन्दै गितसंगितमा लगाव कै कारण उनि सफल हुदै गएको दाबी गरे । संगितमा बुटवलको पहिचान बनाउदै आएका अजय कार्किले लामो समयको साधना र अनुभवबाट गित तयार गरेको बताए ।

लकडाउनकै समयमा गित लेखेका उनले बताए । सिमा बिवादको विषय उठिरहेको बेला उनको दिल र दिमागबाट यो गित तयार गरेको बताए । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको अभिनय रहेको गितमा निर्देशन निरेन श्रेष्ठ तथा स्वर अजय कार्कीको रहेको छ । देश जोगाउने पुर्खाको योगदानलाई सम्झेर युवाहरु देश बचाउन एकजुट हुनुपर्ने सन्देश मुलक शब्दहरु गितमा रहेको छ । देशमा सिमा समस्या रोक्न युवालाई अग्रसर हुन शब्दमा गितबाट ब्यक्त भएको उनले बताए ।

यसैगरि हिमालयन टेलिभिजनमा प्रशारण हुने सागितिक शो सिङ्गिङ सुपर स्टारको टप टेनमा पुगेका सन्तोष रानालाई जिताउन बुटवलबाट अभियान थालिएको छ । बागेश्वरी संगितालयमा लामोसमय साधना गरेका उनी गायनबाट आफ्नो पहिचान दिलाउने लक्ष्यसहित लागेका छन ।

सन्तोष राना जिताऔ अभियानमा लागेका गायक बसन्त श्रेष्ठले मोफसलका कलाकार, गायकहरुको क्षमता प्रस्फुटन गराउन सके अवसर पाउन सक्ने बताए । अभियानका अगुवा अर्जुन पौडेलले कला र गलाको मुल्याकन विधिका रुपमा भोटिङलाई प्राथमिकता दिईनु गलत भएको बताए । स्थानियस्तर हुदै राष्ट्रिय मन्चमा पुगेका रानालाई जिताउनु रुपन्देहीबासीको दायित्व भएको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४३ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको