२९ चैत्र २०८२, आइतबार | April 12, 2026

घाँस काट्न जङ्गल गएकी युवतीमाथि जवरजस्ती करणीको प्रयास, १ जना पक्राउ



बुटवल । घाँस काट्न जङ्गलमा गएकी युवतीलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैनाको नेवारे जङ्गलमा घाँस काट्न गएकी १९ वर्षिया युवती माथि जबर्जस्ती करणीको प्रयासको आरोपमा ईलाका प्रहरी कार्यालय सालझण्डीले सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई पक्राउ गरेको हो ।

गत साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवती जङ्गल गएकोमा उनकी दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोही मौका पारी जवरजस्ती करणी उद्योग गर्न खोजेको प्रहरीले जनाएको छ ।

सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलमा घाँस काटेर भारी पुर्याएकी युवतीलाई बारुलाले टोकेको र युवतीले हल्ला गरेपछि सहयोग गर्ने बहानामा दमाईले युवतीको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेको ईलाका प्हरी कार्यालय सालझण्डीका प्रमुख प्हरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रहरीका अनुसार जङ्गलबाट भागेर घर पुगेकी ती युवतीले घरमा ससुरालाई घटनाको बारेमा जानकारी दिएपछि ससुरा र ती युवतीले प्रहरीलाई किटानी उजुरी गरेका थिए । उजुरी आए लगत्तै तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न ४८ वर्षिया निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ९ : ४८ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्