६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

घाँस काट्न जङ्गल गएकी युवतीमाथि जवरजस्ती करणीको प्रयास, १ जना पक्राउ



बुटवल । घाँस काट्न जङ्गलमा गएकी युवतीलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैनाको नेवारे जङ्गलमा घाँस काट्न गएकी १९ वर्षिया युवती माथि जबर्जस्ती करणीको प्रयासको आरोपमा ईलाका प्रहरी कार्यालय सालझण्डीले सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई पक्राउ गरेको हो ।

गत साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवती जङ्गल गएकोमा उनकी दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोही मौका पारी जवरजस्ती करणी उद्योग गर्न खोजेको प्रहरीले जनाएको छ ।

सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलमा घाँस काटेर भारी पुर्याएकी युवतीलाई बारुलाले टोकेको र युवतीले हल्ला गरेपछि सहयोग गर्ने बहानामा दमाईले युवतीको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेको ईलाका प्हरी कार्यालय सालझण्डीका प्रमुख प्हरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रहरीका अनुसार जङ्गलबाट भागेर घर पुगेकी ती युवतीले घरमा ससुरालाई घटनाको बारेमा जानकारी दिएपछि ससुरा र ती युवतीले प्रहरीलाई किटानी उजुरी गरेका थिए । उजुरी आए लगत्तै तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न ४८ वर्षिया निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ९ : ४८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया