२८ माघ २०८२, बुधबार | February 11, 2026

साउदीमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो



रियाद । साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो ।

गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा उपचार भइरहेको थियो ।

काभ्रे जिल्ला रोशी गाउँपलिका–४ स्थायी ठेगाना भएका तामाङलाई नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

‘अस्पतालमा उहाँको उपचार खर्च स्वास्थ्य वीमाले कभर गर्ने सीमा भन्दा २ लाख ५० हजार साउदी रियाल बढी भैसकेको थियो । वीमाले कभर गर्ने सीमा भन्दा माथिको उपचार खर्च तिर्न कम्पनी तयार थिएन । एकातिर बिरामीको अवस्था गम्भिर नै थियो । बिरामीको अन्य अंगहरूले राम्ररी काम गरिरहेको भएता पनि दुर्घटनाका कारण टाउकोमा लागेको गहिरो चोटले गर्दा उनमा पूर्ण होस आएको थिएन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा तामाङका विषयमा भनिएको छ ।

उपचार बापत अस्पतालमा तिर्न बाँकी रहेको २ लाख ५० हजार साउदी रियाल अस्पतालले मिनाह गरिदिएको दूतावासले जनाएको छ ।

अस्पतालले विरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा उनीमा छिटो होस आउनसक्ने हुँदा जतिसक्दो चाँडो नेपाल लैजान सुझाव दिएपछि उनलाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।

तामाङलाई स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जानकारी दूतावासले दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : ४१ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि