२३ असार २०८३, मंगलबार | July 7, 2026

५६ औ रक्त संचार दिवसमा रक्तदातालाई सम्मान, नेपाल स्वयंसेवी रक्तदाता समाज बन्यो सर्वाेत्कृष्ट रक्तदाता संस्था



बुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले ५६ औ रक्त संचार दिवसको अवसरमा रक्तदानमा सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीलाई यो वर्ष ३ हजार ३ सय ४१ पुरुष र ४ सय ५३ महिला सहित कुल ३ हजार ७ सय ९४ युनिट रक्तदान गरेकोमा सर्वाेत्कृष्ट संस्थाको रुपमा सम्मानपत्रबाट सम्मान गरिएको छ । यो सहित जिल्लाका एक सय युनिटभन्दा माथि रक्तदान गर्ने ३६ संस्थाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश स्वस्थ्यमन्त्री माननीय ईन्द्रजित थारुले उद्घाटन गर्दै निशुल्क रगतको अभियानलाई सरकारको साथ रहेको बताए । जनतालाई सहज बनाउने साँेचका साथ सरकार अघि बढेको बताउँदै उनले यो वर्ष सामुदायिक अस्पताल र डायलोसिस सेन्टरसम्म निशुल्क गराउने सोच रहेको जानकारी दिए । शुल्कको कुरा गर्दा ९ सय रुपैयाभन्दा बढि नबढ्ने गरि भनी कार्यविधि बनाईएको उनले दाबी गरे । रगत अभावबाट बिरामीको मृत्यु हुने अवस्था रोक्न रक्तदानको अभियान पुण्य काम भएको पनि उनले बताए । ब्यक्तिको खानपिन आहारको सहि ब्यवस्थापन नहुदा नयाँनयाँ रोगहरु आएको भन्दै नागरिकहरु आफै सचेत मनत्री चौधरीले सुझाव दिए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले निशुल्क रक्त वितरणमा समुदायका स्वयंसेवी संघसंस्थाहरु लागेको बताए । सरकारबाट बनाईएको निशुल्क रक्तदानको कार्यविधिलाई केही परिमार्जित गर्न जरुरी रहेको उनले बताए । सबैभन्दा बढि रगत संकलन र वितरण गर्ने काममा बुटवलको रक्त संचार केन्द्रको अहम भुमिका रहेको उनले दाबी गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल, सियारी गाउपालिका, भिम अस्पतालसंग निशुल्क रक्तदानको सम्झौता भैसकेको बताउँदै उनले विजयनगर गाउपालिकासहित धेरै स्थानिय तह सक्रियता जनाउदा यो अभियान सफल हुनेमा आशाबादी रहेको बताए । कतिपय अवस्थाका रगतको माग गर्दा उपभोग नभएर खेर जाने गरेको भन्दै उनले यो वर्ष २ सय ३९ युनिट रगत उपयोग हुन नमिल्ने भएको बताए ।

कार्यक्रममा सोसाइटीका मन्त्री आर मोहमद खा, उपसभापती दिपक क्षेत्री न्यौपाने, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले शुभकामना दिएका थिए ।

 

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १० : ५१ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको