२ पुस २०८२, बुधबार | December 17, 2025

आन्तरिक राजस्व कार्यालय जनकपुर लक्ष्य पूरा गर्न असफल



जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्षमा तोकिएको राजश्व लक्ष्य पूरा गर्न असफल भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ३० करोड ७२ लाख ५८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको आन्तिक राजस्व कार्यालय जनकपुरधामले ३ अर्ब १० करोड ४३ लाख २९ हजार मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।

यसरी लक्ष्यभन्दा करिब २० करोड ४३ लाख कम राजश्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय जनकपुरका निमित प्रमुख काजीबाबु कोइरालाले बताए । सरकारी निकायले टेन्डरमार्फत उठेको राजश्व विगतको भन्दा कम उठेकोले तोकिएको लक्ष्य पूरा हुन सकेको उनले बताए ।

आन्तिक राजश्व कार्यालय जनकपुरले धनुषा, मोहत्तरी, सर्लाही र सिन्धुली जिल्लाहरुको राजस्व संकलन गर्दै आएको छ । यी चारै जिल्लाबाट सबभन्दा बढी राजस्व धनुषाबाट उठेको उनले बताए ।

गत आर्थिक वर्षमा समयमा राजश्व नतिर्ने ३९ वटा फर्मको खाता र जग्गा रोक्का गरिए कारबाही गरिएको उनले बताए । त्यसैगरि, पाँच जनालाई कारबाही गरि ९१ लख ५८ हजार जरिवाना राजश्व संकलन गरिएको उनले बताए । ग्राहकहरुले पसलमा समान खरिद गर्न जाँदा अनिवार्य रुपमा पान नम्बर वा भ्याट बिल लिने परिपाटी बसाएमा राजश्वमा अझ वृद्धि हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ५७ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व