२८ माघ २०८२, बुधबार | February 11, 2026

आन्तरिक राजस्व कार्यालय जनकपुर लक्ष्य पूरा गर्न असफल



जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्षमा तोकिएको राजश्व लक्ष्य पूरा गर्न असफल भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ३० करोड ७२ लाख ५८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको आन्तिक राजस्व कार्यालय जनकपुरधामले ३ अर्ब १० करोड ४३ लाख २९ हजार मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।

यसरी लक्ष्यभन्दा करिब २० करोड ४३ लाख कम राजश्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय जनकपुरका निमित प्रमुख काजीबाबु कोइरालाले बताए । सरकारी निकायले टेन्डरमार्फत उठेको राजश्व विगतको भन्दा कम उठेकोले तोकिएको लक्ष्य पूरा हुन सकेको उनले बताए ।

आन्तिक राजश्व कार्यालय जनकपुरले धनुषा, मोहत्तरी, सर्लाही र सिन्धुली जिल्लाहरुको राजस्व संकलन गर्दै आएको छ । यी चारै जिल्लाबाट सबभन्दा बढी राजस्व धनुषाबाट उठेको उनले बताए ।

गत आर्थिक वर्षमा समयमा राजश्व नतिर्ने ३९ वटा फर्मको खाता र जग्गा रोक्का गरिए कारबाही गरिएको उनले बताए । त्यसैगरि, पाँच जनालाई कारबाही गरि ९१ लख ५८ हजार जरिवाना राजश्व संकलन गरिएको उनले बताए । ग्राहकहरुले पसलमा समान खरिद गर्न जाँदा अनिवार्य रुपमा पान नम्बर वा भ्याट बिल लिने परिपाटी बसाएमा राजश्वमा अझ वृद्धि हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ