२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालका बैंक र वित्तीय संस्थाहरु समाजवाद उन्मुख दिशामा चल्न सकेनन् : प्रदेश अर्थमन्त्री खड्का



बुटवल । लुम्बिनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नेपालका बैंक तथा बित्तिय संस्थाहरुले परिवर्तित सन्दर्भमा आफुलाई परिवर्तन गर्न नसकेको बताएका छन् । लुम्बिनी प्रदेश बैंक स्थापनाको सन्दर्भमा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री खड्काले राजनीतिक परिवर्तन अनुसार देशले लिएको नीति बैंक र बित्तिय संस्थाहरुले अवलम्बन नगरेको बताएका हुन् ।

उनले बैक र बित्तिय संस्थाहरु नाफका पछाडि मात्र दौडिएको आरोप लगाउँदै्र बिस्कुट, चाउचाउ र ठुलो धितो खोज्दै हिँड्ने बैंकहरुले साना कुटिर उद्योगहरुमा लगानी नगर्ने गरेको बताए । लगानीगर्न बै.कहरुलाई यष त शहरमा ठुलो घर चाहियो वा कालोपत्रे सडकसँग जोडिएको जग्गा, उनले भने, संघीय गणतन्त्रको भावनालाई बैंकहरुले पनि आत्मसाथ गर्नु पर्दछ ।

उनले मुलुक समाजवादउन्मुख दिशामा अगाडि बढेकाले बेंकहरुले पनि समाजबादको आधार खोज्नेगरि लगानी गर्नु पर्ने बताए । उनले गाँउका किसान र साना उद्यमीहरुलाई उद्योग र मेहनतको अवस्था हेरेर लगानी गर्न आग्रह गर्र्दै पुरानै नाफाखोरी नीतिबाट मुलुकले लिएको समाजवादको उद्देश्य प्राप्त नहुने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका सचिव नेत्र सुबेदीले स्थानीयतह, प्रदेशमा रहेका बित्तिय तथा अन्य संघ संस्थाहरुको समेत लगानी रहने गरि ५ अर्व अधिकृत पुँजीको प्रदेश बैंकको प्रस्ताव गरिएको जानकारी दिए । उनले प्रदेश बैंक एनोभेटिभ र सुशासनयुक्त हुुनुपर्नेमा जोड दिँदै बाणिज्य बेंकहरुले पनि आफुलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रन्जना पण्डीत पौडेलले प्रदेशलाई क बर्गको बेंक संचछालनको अधिकार नरहेको बताईन् । उनले बैंक ऐनले प्रदेशमा छुट्टै संरचना तयार गरेर संचालन गर्न छुट नदिएको उल्लेख गर्दै ऐनको परिधिभित्र बसेर बित्तिय संस्था र लुबित्तिय संस्थाहरु भने प्रदेशमा संचालन गर्न सकिने बताईन् । उनले बैंकहरुको पहुँच अलिेपनि ग्रामीण र दुर दराजमा पुग्न नसकेको बताउँदै लुम्बिनी प्रदेशको रुकुम पूर्वमा अहिले पनि बैंक नागरिकको पहंचबाट टाढा रहेको बताईन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठले अहिलेको आर्थिक नीतिले धनी र गरिवको दुरी बढाएको उल्लेख गर्दै प्रदेश बैंक त्यो दुरी घटाउने तर्फ उन्मुख हुनुपर्ने बताए । चालु अवस्थामा रहेका बैंकहरुले कृषिमा लगानी गरेको दाबी गरेपनि त्यसको प्रतिफल आउन नसकेको बताउँदै उनले नेपालको कुल खेती योग्य जमिनको ४० प्रतिशत खेत बाँझो रहेको बताए । प्रदेशको औचित्य पुष्टि गर्न पनि प्रदेश बैंक आवश्यक रहेको भन्दै उनले अहिले संचालनमा रहेका बैंकहरुले बाणिज्य क्षेत्रमा मात्र केन्द्रीत रहेर उद्योग र उत्पादन तर्फ ध्यान दिन नसकेको बताए ।

कार्यक्रममा प्रदेश राजधानी केन्द्रीत बाणिज्य बैंकहरुका प्रदेश प्रमुख, सहकारी तथा लघुबित्तका प्रमुख र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार