१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन



काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन ।

समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए । बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ८ : ०८ बजे

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली

मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा