१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लूबीच भेटवार्ता भएको हो ।

सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : २२ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा