६ पुस २०८२, आइतबार | December 21, 2025

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निष्कृय जनशक्तीलाई चलायमान गराउन मन्त्री गहतराजको निर्देशन



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिएका छन् । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहेका मन्त्री गहतराजले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरीएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारीत गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरीएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताकालागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनकालागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुकासाथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयनकालागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरीएको छ ।

त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद÷बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।

निष्कृय जनशक्तीलाई चलायमान गराउन मन्त्री अथकको निर्देशन

बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देशभर निस्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएका छन् । राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले सबै कर्मचारीलाई सक्रिय रुपमा काममा लगाउन निर्देशन दिएका हुन् । उनले नवौं राष्ट्रिय खेलकुदकालागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गरे ।

संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री गहतराजको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगाएतको उपस्थिती रहेको थियो ।

४ वर्षदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भईसकेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ५१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको