१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

खेल क्षेत्रमा देखिएका कमजोरीलाई आगामी दिनमा सुधार्न आवश्यक : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समाप्तिसँगै प्रतियोगिताका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले प्रतियोगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत पु¥याएको बताए ।

उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै सरकार खेल क्षेत्रलाई अझै व्यवस्थित बनाउन प्रतिबद्ध रहेको बताए ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने बताए । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको पनि देउवाले बताए । “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।” उनले भने ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको दाबी गरे ।

उनले प्याराग्लाइडिङ खेल प्रतियोगितामा दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उनले सम्बद्ध सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा खेलकुदले देशको नाम, पहिचान, प्रतिष्ठा र यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने माध्यम रहेको बताए ।

सरकारले खेल क्षेत्रलाई अर्थतन्त्र, कूटनीति र पर्यटनसँग पनि आबद्ध गर्दै यस क्षेत्रको दीगो र चौतर्फी विकास गर्ने नीति लिएको देउवाले जानकारी दिए । सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले प्राप्त गरेको उपलब्धि प्रशंसनीय भएको पनि उनले बताए ।

खेलकुद क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै देउवाले यसलाई निजी क्षेत्रको लगानीलाई पनि प्रवद्र्धन गर्नुपर्ने जनाए ।

प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । ६ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग