१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नवौं राष्ट्रिय खेलकुद : यस्तो छ अन्तिम दिनको खेलका नतिजाहरु



काठमाडौ । पोखरामा आज सम्पन्न हुँदै गरेको नवों राष्ट्रिय खेलकुदको समापन भईरहँदा प्रतियोगिताका अन्तिम दिन बिभिन्न खेलहरुको नतिजा आईरहेका छन् । २८ गते औपचारिक उदघाटन भएको प्रतियोगिता आज सम्पन्न हुँदैछ ।

दुवाथलन :

दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

त्यसैगरी निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।

पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।

महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।

सफ्ट टेनिस :

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश नं. १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।

प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश नं. १ ले नेपाल प्रहरीलाई ४–० तथा प्रदेश नं. १ ले डबल्समा ५–१ को सेटले नेपाल प्रहरी पराजित भएको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश नं १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

त्यस्तै नेपाल प्रहरीका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापा मगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

कबड्डी :

नवौं राष्ट्रिय खेलकुदअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।

बिहीबार पोखरामा सम्पन्न पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । ।

प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र एपीएफ कास्य पदक विजेता बने ।

आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवैमा स्वर्ण जितेको थियो । यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागिय गरी १०– १० टिमको सहभागिता रहेको थियो ।

टेनिस :

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ ।

यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते ।

नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।

यसैगरी आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।

पोखरा रङगशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जितेका छन् । खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाए ।

यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१,६–२ सेटमा पराजित गर्दै स्वर्ण जितिन् । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य जिते ।

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जितिन् ।

पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते ।

महिला युगलविधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जितिन् । सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जिते ।

टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जिते । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जिते ।

टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पुरुष हक्की :

नवौ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकी प्रतियोगितामा नेपाल आर्मी टाईब्रेकरमा विजयी भएको छ ।

हेम्जाको गौरीशंकर खेल मैदानमा विहीबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रकरमा पुगेको थियो ।

टाईब्रकरमा आर्मीका रोशन चौधरी र प्रदिप राजवंशीले गोल गरेका थिए । यता नेपाल पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए भने शशि दर्लामीले गरेको गोल आउट हुन पुगेपछि आर्मीलाई विजेता हुन अवसर मिलेको हो ।

आर्मीले आठौ खेलकुदमा पनि फार्र्ईनलमा नेपाल पुलिसलाई हराउदै स्वर्ण जितेको थियो ।

यस्तै आजै भएको पहिलो खेलमा कर्णालीलाई हराउदै गण्डकीले कास्य पदक जितेको छ । गण्डकीले ३–० को गोलअन्तरले कर्णालीलाई हराएको हो ।

गण्डकीका लागि खेलको १० औं, २७ औ र ४४ औं मिनेटमा पिताम्वर थापाले गोल गरेका थिए भने ५७ औं मिनेटमा विशाल कुमालले गोल गरेका थिए । प्रतियोगितामा ९ टिम सहभागी थिए ।

खोखो :

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।

महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो ।

पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।

पुरुष भलिबल :

पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ ।

पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदा हुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ ले टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । आर्मीको खेल नराम्रो भन्न मिल्दैन, उनले भने, हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।

बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पा¥यो ।

प्रतियोगिता अवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ४९ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार