६ बैशाख २०८१, बिहिबार | April 19, 2024

यू २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित



काठमाडौं । यू २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगालादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंकविहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ ।

यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रींलकालाई ४-० ले पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले र दोस्रो खेलमा नेपालसँग ३-० ले पराजित भएको थियो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई, हिमान्सु जान्ग्रा र गुरकिरत सिंहले समान एक गोल गरे ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको भारत तेस्रो स्थानमा छ । यसअघि भारत पहिलो खेलमा बंगलादेशसँग २-१ अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ३० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी