२२ माघ २०८२, बिहिबार | February 5, 2026

भाडामा सवारी बोक्ने रातो प्लेटका सवारी साधनमाथि प्रहरीको एक्सन



बुटवल । रुपन्देहीको सालझण्डी प्रहरीले भाडामा सवारी बोक्ने रातो नम्बर प्लेट राखिएका निजी सवारी साधन विरुद्ध कारवाही थालेको छ । निजी प्रयोजनमा दर्ता भएका (रातो नम्बरप्लेट) पिकअपमा यात्रु चढाई प्रयोजन बिपरित कार्य गर्ने सवारीलाई प्रहरीले कारवाही थालेको हो ।

निजि सवारीहरुले यात्रु राखि सालझण्डी-झिमझिमे-पाल्पा-अर्घाखाँची रुटमा संचालन भईरहेका ६ वटा सवारी साधन नियन्त्रणमा लिई जरिवाना असुलेर छाडिएको छ । प्रहरी र ट्राफिक प्रहरीको ३ घण्टाको चेकजाँचका क्रममा ६ वटा निजी सवारीले भाडामा सवारी बोकी बिभिन्न स्थानमा जाँदै गरेको अवस्थामा प्रहरीले ति सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा रहेका सवारी साधनकालाई थप कारवाहीको लागि यातायात ब्यवस्था कार्यालय, बुटबल पठाईएकोमा ४ ओटा सवारी साधनलाई प्रति सवारी साधन १० हजार का दरले र थप दुईवटा सवारीसाधन कालो नम्बर प्लेटमा दर्ताको प्रकृयामा गएका तर नम्बर प्लेट नराखि चलाएकोले २ हजारका दरले जरिवाना असुल गरि कारवाही गरिएको प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०५ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न