२ चैत्र २०८२, सोमबार | March 17, 2026

अमरज्योति सहकारीद्वारा दुर्घटना विमा बापतको रकम हस्तान्तरण



बुटवल । बुटवल-११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य स्वर्गीय पशुपति भट्टराईको दुर्घटना विमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

बुटवल-१० कालिकानगरमा बस्दै आउनुभएका संस्थाका शेयर सदस्य भट्टराईको गत जेठ ६ गते ६७ वर्षको उमेरमा दुर्घटनामा परि मृत्यु भएको थियो । आज एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष केशवराज पोखरेलले स्वर्गीय भट्टराईकी श्रीमती इन्द्रकला भट्टराईलाई रु ५ लाख बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षता तथा सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेको इन्सोरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख रमेश थापाले भट्टराईको निधन प्रति दुःख व्यक्त गर्दै संस्थाले उपलब्ध गराएको आर्थीक सहयोगले परिवारलाई थोरै भएपनि मलमपट्टीको काम गर्ने बताए । शेयर सदस्यको लागि सहकारीको विमा योजना कार्यक्रम अत्यन्तै सर्हानीय र प्रशंसनिय भएको भन्दै उनले विमाको लागि आफ्नो संस्थालाई अवसर प्रदान गरेकोमा आभार प्रकट गरे ।

सहकारीका कार्यकारी अध्यक्ष पोखरेलले भट्टराईको घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न परिस्थितिमा शेयर सदस्यको लागि सारथीको भूमिका निर्वाह गर्ने उद्येश्यले सहकारीले विमा कार्यक्रम ल्याएको जानकारी दिए ।

दुर्घटना विमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष मेघराज पन्थ, लेखा संयोजक तुलसा शर्मा लगायत संस्थाको सञ्चालक समिती र उपसमितीका सदस्यहरको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : १२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित