२१ मंसिर २०८२, आइतबार | December 7, 2025

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ



काठमाडौं । काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी डकैती गरेको प्रहरीले जनाएको छ ।

लिम्बुलाई हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ५९ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन