३१ भदौ २०८३, बुधबार | September 16, 2026

साफ यू-२०: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल



काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।

भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

शीर्ष स्थानको बंगलादेशको नौ अंक छ । दुई खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको नेपाल र समान खेलमा तीन अंकसहित तेस्रो स्थानमा बसेको भारत फाइनलको दौडमा रहेका छन् । माल्दिभ्स र श्रीलंकाको फाइनल प्रवेश सम्भावना भने अन्त्य भइसकेको छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले आफुहरुले पछिल्लो दुई खेलमा निकालेको सहज जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै सुखद नतिजा ल्याउने बताए ।

भारतविरुद्ध समेत केसीले अघिल्ला दुई खेलकै प्लेइङ सेटलाई मौका दिन सक्छन् । सुरुवाती दुबै खेलमा उनले एउटै सेटलाई मौका दिएका छन् ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित हात पारेको थियो ।

यता पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको साविकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउँदै शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो ।

भारतलाई हराएमा नेपालले शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा प्रवेश गर्नेछ । भारतसँग हार वा बराबरीको नतिजाले नेपालको फाइनल यात्रा बंगलादेशविरुद्ध मंगलबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ ।

यू-२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान (कप्तान), दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ५५ बजे

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले