१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी



काठमाडौं । नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा सतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको छ ।

अब, नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । यदि मात्रै हैन कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । खेल भोलि (मंगलबार) हुनेछ । आइतबार भने नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न बाध्य भयो ।

‘सबैजनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो’, केसीले भनेका छन् ।

यस्तै, केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेका आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् । ‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसी भन्छन् ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गरेको थियो ।

पहिलोपटक यु-२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन् । यता, बंगलादेशको तीन खेलबाट ९नौअंक रहँदा नेपाल र भारतको समान ६ अंक छ । हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । त्यो भन्दा सानो अन्तरको जितले समेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा बञ्चित हुनेछ । सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यही प्रतियोगिता यु-१९ र यु-१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उढ्न सकेन ।

यता, अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भने केसीलाई साफसँगै एएफसी यु(२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । करिब सात सय खेलाडीको खुल्ला छनोटबाट अन्तिम २३ खेलाडी छनोट गरेका केसीले बहराइनमा हुने छनोट खेलका लागि समेत नियुक्ति पाएका छन् । समूह बी मा रहेको नेपालले छनोटमा कतार, भुटान, आयोजक बहराइन र बंगलादेशको सामना गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : १९ बजे

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका